बंगलादेशका टेष्ट र टी-२० कप्तान सकिब अल हसनमाथि दुई वर्षको प्रतिबन्ध लागेको छ ।
सट्टेबजहरुले प्रस्तावबारे जानकारी नदिएको भन्दै उनीमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले दुई वर्षे प्रतिबन्ध लगाएको हो ।
सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिगमा बेटिङको सूचना दिएको बताईएको छ ।
यद्यपि उनको प्रतिबन्ध मध्ये एक वर्ष निलम्बित रहेनेछ । र, उनी २९ अक्टोबर २०२० मा क्रिकेट खेलमा र्फकन सक्ने आईसीसीले जनाएको छ ।
सकिबले पनि आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘जुन खेललाई म माया गर्छु, त्यसमा प्रतिबन्ध लागेको सुन्दा दुखी छु । तर मैले -सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएको स्वीकार गर्छु ।’
सट्टेबाजीविरुद्ध लड्ने आईसीसीको अभियानमा खेलाडी प्रमुख भूमिकामा रहेको तर आफूले त्यो जिम्मेवारी पुरा गर्न नसकेको उनले बताए । उनले आफूले जस्तो गल्ती अरु युवा खेलाडीहरुले नगरुन् भनेर आईसीसीले चलाउने अभियानमा साथ दिने समेत बताएका छन् ।
३२ वर्षीय शकिब एकदिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । उनले बंगलादेशका लागि ३३८ खेल खेलेका छन् ।