वीरगन्जका ११ जना शिक्षित र समक्षम महिला फोरजीआर नामक सामाजिक संस्था स्थापना गरेर समाजसेवामा होेमिएका छन् ।
“सही कार्यका लागि हातेमालो गरौं” भन्ने उद्देश्यका साथ सुरुवात गरिएको समुहले दिपावलीको अवसरमा मैनबत्ती बनाएर बाराको परवानिपुरस्थित आवर संसार बालगृहका बालबालिकालाई सहयोग गरेको छ ।
सम्पन्न परिवारका महिला सहभागी भएको फोरजीआर निस्वार्थ भावनाले समाजको लागि केही गर्नु पर्छ भन्ने सोचका साथ अगाडि आएको हो । निजी जीवन तथा अन्य कामकाजमै व्यस्त हुँहुँदादै समय निकालेर सामाजिक उत्तरदायित्व निर्वाह गर्न उनीहरू समुहमा आवद्ध भएका हुन् ।
समुहले परवानिपुरस्थित वालगृहका बालबालिकाका लागि रोजगारीउन्मुख मैनबत्ती बनाउने सिपमुलक तालिम आयोजना गरेको थियो । युट्युबको सहायता दिइएको तालिमका क्रममा बालबालिकाले बनाएका आकर्षक मैनबत्ती समूहका सहयोगीले विक्री बितरण गर्न सहयोग गरेका थिए ।
संस्थाकी संयोजक नुतन सरावगीका भन्छिन्, ' फोरजीआर समुह अभिभावकबिहिन बालबालिकाका लागि मात्र नभई समाजमा रहेका हरेक विपन्न तथा असहायको सहयोगको लागि स्थापना गरिएको हो ।' उनका अनुसार बालगृहमा उमेर पुगेका बालबालिकालाई सिप सिकाउनुको मुख्य उद्देश्य उनीहरूमा समय अनुसार कमाउने बानीको बिकास् होस् भन्ने नै हो ।
बालगृहमा आएर धेरै संघसंस्थाका सहयोगीले नगद सहयोग गर्ने भएकाले बालबालिकामा मांग्ने भावना उत्पन्न हुन सक्ने बताउँदै त्यसो गर्नुभन्दा यस्तो सिप सिकाउनु राम्रो हो, अध्यक्ष सरावगी भन्छिन् ।
समूहमा आवद्ध तस्बिरन खातुन सानो पाइला नामक संस्थाकी प्रवन्धक हुन् । विवाहिता महिला भएकोले उनको काँधंमा दोहोरो जिम्मेवारी छ । तर, यति व्यस्तताका वावजुद पनि सामाजिक कार्यको जुट्दा खुशी छिन् उनी । खातुन भन्छिन्, 'आफ्नो पेसाबाट पैसा र सम्मान मिले पनि समाजसेवाबाट खुशी मिल्छ । त्यसैले खुशी हुने हो भने हरेकले समाजसेवाका लागि केही न केही समय निकाल्नु पर्छ ।'
फोरजीआर समुह अभिभावकबिहिन बालबालिकाका लागि मात्र नभई समाजमा रहेका हरेक विपन्न तथा असहायको सहयोगको लागि स्थापना गरिएको हो ।'
- नुतन सरावगी, संयोजक, फोरजीआर
श्रीमानको सहयोगी तगा गृहणीको रुपमा घर परिवारप्रति जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् सुमोना बनर्जी । उनी पनि फोरजीआरमा सहभागी छिन् । शिक्षिका रहेकी उनको विवाह व्यापारी परिवारमा भएपछि उनले पढाउन छोडिन् । यस समुहमा सहभागी भएर केही गर्न पाउँदा उनी खुशी छिन् । भन्छिन् , समाजका लागि केही गर्ने अवसर पाउदाँ नगुमाउने सोचका साथ केही समय निकालेर लागिरहेकी छु । यसबाट मलाई सन्तोष मिलेको छ ।'
यसै सोचका साथ समूहको माध्यमबाट केही गर्ने सोचका साथ अगाडि बढेकी अर्की महिला हुन्, अफसाना खातुन । गृहिणी खातुन खासगरी श्रीमानकै सहयोगमा समाजसेवामा लागेकी हुन् । उनी भन्छिन्, 'सबै मिलेर केही गर्न लागिपरेका छौं । अहिले त सुरूवात छ । हेर्दै जाउँ भविष्यमा अरू धेरै गर्न सकिएला ।'
विगत १५ वर्षदेखि प्राध्यापन गर्दै आएकी सुष्मा तिवारी द्विवेदी पनि समुहमा जोडिएकी छिन् । उनी भन्छिन्- 'समुहमा विभिन्न पेशा र समुदायका महिला आवद्ध हुनुहुन्छ । यसरी सामाजिक कार्यमा जुट्नु आफैमा सराहनीय काम हो ।'
समुहकी एक सदस्य मिहिका थापा ब्युटिसियन पेशामा आवद्ध छिन् । चाडपर्वको बेला भ्याई नभ्याई छ उनलाई । तर पनि सामाजिक कार्यका लागि समय निकालिरहेकी छिन् उनी । मिहिका भन्छन्, 'आफ्नाका लागि त जसले पनि गर्छ नि, अरूका लागि गर्ने पो गर्ने । हामी सबै मिलेर अरूकै लागि केही गर्न लागेका हौ।'
समुहमा रहेकी अर्की सदस्य हुन्, अञ्जु चौहान । सुहमा सहभागी हुन पाएको उत्साहित रहेकी उनी भन्छिन्, 'बालबालिकाको क्षेत्रमा पहिलेदेखि नै काम गरिरहेका थिएँ । समूहले गरिरहेको काम सराहनीय र निश्वार्थ भावको भएकोले यसमा आवद्ध भएँ ।'
समूहमा सहयोगीको रुपमा जुटेका दिलिपराज कार्की भन्छन्, 'समाजका लागि महिला पनि निस्वार्थ भावले अगाडि बढ्नु पर्छ । पुरुषको साथ र सहयोग पाए उनीहरु सामाजिक कार्यमा पनि सहजताका साथ हरेक अगाडि बढ्न सक्छन् ।'
फोरजीआर सक्षम र दक्ष महिलाको समुह हो। यसले चाहेमा धेरै गर्न सक्छ । भाइ नै छ - जहाँ इच्छा त्यहाँ उपाय ।