गाडीको ठक्करबाट प्युठानमा बालिकाको मृत्यु

सांकेतिक तस्बिर

जिल्लाको झिमरूक गाउँपालिका–४ बाङगेमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाङगे अंगाराकी ९ वर्षिया बालिका सिर्जना रोका रहेकी छिन् ।

ना ४ ख ७९०९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उनलाई उपचारको लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए।

गाडी र चालकलाई पनि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएको प्रहरी निरिक्षक जिसीले जानकारी दिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-10-27 14:24:14

प्रतिकृया दिनुहोस्