तीन खेलको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले जित हात पारेको छ ।
घरेलु टोली अष्ट्रेलियाले आइतबारको खेलमा श्रीलंकालाई १३४ रनले पराजित गरेको हो । २३४ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९९ रनमात्र बनाउन सक्यो
श्रीलंकाका लागि दनुस सनकाले १७, कुशल परेराले १६ र ओसदा फेर्नान्डोले १३ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिदा मिचेल स्टार्क र पट कुम्मिन्सले समान २–२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै १०.५ ओभरमा पहिलो विकेट गुमाउँदा १२२ रन बनाएको थियो । पहिलो विकेटको रुपका कप्तान आरोन फिन्च ६४ रनमा आउट भए । उनले मात्र ३६ बलको सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरेका थिए ।
त्यस्तै, डेभिड वार्नरले ५६ बलमा १० चौका र चार छक्का प्रहार गर्दै अविजित शतक बनाए ।
यता, म्याक्सवेलले पनि मात्र २८ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६२ रन बनाएर आउट भए ।