नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने घलेलाई आर्थिक सहयोग

बिएल

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने पूर्व फुटबल खेलाडी वाइवी घलेलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई शुक्रबार दुई लाख रुपैयाँ सहयोग गरेको हो । ६१ वर्षीय घले पछिल्लो ११ वर्षदेखि प्यारालाईसिसका कारण थलिएका छन् ।

उनको चारमहिना अघिमात्र गल ब्लाडर र स्टोनको शल्यक्रिया गरिएको थियो । सन् १९८२ देखि १९९० सम्म नेपाली राष्ट्रिय टोलीमा रहेका घलेले सन् १९८२ मा दिल्लीमा भएको एसियाली खेलकुदमा कुवेतविरुद्ध गोल गरेका थिए । त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

प्रकाशित मिति: : 2019-10-25 16:41:28

प्रतिकृया दिनुहोस्