आफ्नै आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका–३ गोहीनीबाट शुक्रबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय दीर्घ नारायण लोनिया रहेका छन् ।
गत असोज ३० गते घरायसी विबादका क्रममा दीर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी ६५ वर्षीया कैलाशी देवी लोनीयाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाशीलाई जिल्ला अस्पताल परासीबाट थप उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनिविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।