चन्द्रागिरीका इँटाभट्टा ५ दिनभित्र बन्द नगराए भत्काउने चेतावनी

तस्बिरः बिएल

चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाका इँटाभट्टाले धुवाँ, धुलो फैलाएर प्रदूषण गराएको भन्दै इँटाभट्टा ज्ञापन पत्र बुझाएको छ ।

इँटाभट्टा पीडित संघर्ष समितिका अध्यक्ष मुकुन्द घिमिरेको नेतृत्वमा गएको टोलीले शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा ५ दिनभित्र इँटाभट्टा बन्द गराउन अल्टिमेटम दिँदै ज्ञापन पत्र बुझाएको हो ।

अध्यक्ष घिमिरेले नगरपालिकाले ५ दिनभित्र इँटाभट्टा बन्द नगराएमा जनता आँफै सक्रिय भएर भत्काउने बताए।

यता चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले इँटाभट्टा बन्द गराउन नगरपालिकाले पत्राचार गरिसकेको जानकारी दिए।

उनले भने ,बन्द गराउन पत्रचार गरिसकेका छौँ, कार्यान्वयन हुन केहि समय लाग्छ।

प्रकाशित मिति: : 2019-10-25 14:30:31

प्रतिकृया दिनुहोस्