नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीले शुक्रबार म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजेबाट शुरु हुनेछ ।
यस खेललाई नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीमा हेरिएको छ ।नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन् ।
त्यसैगरी अभिषेक रिजाल, छिरिङ गुरुङ,सुनिल बल, हेमन्त थापामगर, र अर्पन कार्की छन् । त्यसैगरी रोमन लिम्बू, नितिन थापा,दीप कार्की, देव लिम्बू, विकास खवास, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन् ।