कात्तिक १३ गते पनि सार्वजनिक विदा

फाइल तस्बिर

सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ ।

तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

प्रकाशित मिति: : 2019-10-24 16:02:05

प्रतिकृया दिनुहोस्