गृह मन्त्रालयले गर्‍यो भाइटीकाको साइत सार्वजनिक

फाइल तस्बिर

गृह मन्त्रालयले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिको सिफारिसको आधारमा भाइटीकाको साइत सार्वजनिक गरेको जनाएको हो ।

मन्त्रालयको अनुसार, कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले सिफारिश गरेको छ ।

प्रकाशित मिति: : 2019-10-24 15:55:56

प्रतिकृया दिनुहोस्