सिस्नोपानीबाट बाहिरिए सिम्खडा, भन्छन्-नेताहरुको भजनमण्डली बनाए

फाइल तस्बिर

हरेक वर्षको सिस्नोपानीको देउसी भैलो कार्यक्रममा राजनीतिक नेतृत्वप्रति तिखो व्यङ्ग्य प्रहार गर्दै आएका कलाकार शैलेन्द्र सिम्खडा यस पटक नरहने भएका छन् ।

सिस्नो पानी नेपाल नेताहरुको भजनमण्डली हुँदै गएकोले चित्त दुखेका कारण आफू कार्यक्रममा नरहने निर्णय गरेको सिम्खडाको भनाइ छ ।

‘सिस्नोपानी नेपाल जस्तो एक राम्रो संस्था भजन मण्डली बनेकोमा मलाई सारै नराम्रो लाग्यो,’ सिम्खडाले भने ‘मेरो व्यङ्ग्यले नेताहरुको चाकडीमा उहाँहरुलाई बाधा पर्ने देखेर म अलग हुने निर्णयमा पुगेको हुँ ।’

सिस्नोपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा प्रज्ञा प्रतिष्ठानमा काठमाडौंमा उक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: : 2019-10-24 13:47:15

प्रतिकृया दिनुहोस्