च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले चेक रिपब्लिकको क्लब स्लाभिया पराग्वेलाई पराजित गरेको छ ।
बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले स्लाभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एक गोल लिओनल मेसीले गरेका थिए भने एक गोल स्लाभियाका पिटर ओलायीन्काले आत्मघाती गोल गरेका थिए । स्लाभियाका लागि एक गोल जान बोरिलले एक गोल गरेका थिए ।
यससँगै बार्सिलोना समुह एफ अन्तर्गत ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ