बिएल संवाददाता
मजदुरीका लागि उत्तराखण्डको धरालीमा तीन दिनअघि आएको भीषण पहिरोमा केही नेपालीको मृत्यु भएको र कैयौं बेपत्ता छन्।
खासगरी जाजरकोट, जुम्ला, रुकुम तथा वर्दियाबाट त्यहाँ काम गर्न गएका मजदूरहरू बाढी-पहिरोपछि परिवारको सम्पर्कमा छैनन्।
तीमध्ये सबैभन्दा धेरै जाजरकोट जिल्लाका छन्। त्यहाँको कुशे गाउँपालिका- २ नं वडाकामात्रै १३ जना अहिलेसम्म परिवारको सम्पर्कमा छैनन्। तीमध्ये कम्तीमा सातजनाको मृत्यु भएको खबर गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पाएका छन्।
सँगै काम गर्न गएका त्यहाँका स्थानीयले गाउँका जनप्रतिनिधिहरूलाई त्यसबारे खबर गरेका थिए। बस्नेतका अनुसार सँगै रहेका साथीहरूलाई आँखैअघि बाढीले बेपत्ता बनाएको उनीहरूले बताएका छन्।
मृत्यु भएका भनिएका बेपत्ता भएका १३ जनामध्येकै हुन्। पालिका अध्यक्ष बस्नेतका अनुसार गाउँपालिका–२ टालेगाउँका अन्दाजी ४२ वर्षीय कर्णबहादुर सिंह, अन्दाजी ४२ वर्षीय रामबहादुर सिंह, अन्दाजी ४५ वर्षीय मानबहादुर सिंह, अन्दाजी ३५ वर्षीय निमबहादुर सिंह, अन्दाजी २४ वर्षीय रविन सिंह र जुम्ला जिल्ला तातोपानी गाउँपालिका घर भई ससुरालीमा बस्दै आएका जनकबहादुर शाही, रुकुमपश्चिम घर भई ससुरालीमा बस्ने नाम नखुलेका एक व्यक्तिको मृत्यु भएको सँगै रहेका स्थानीयले जानकारी दिएका छन्।
जेठ-असारमा खेतीपाती गर्न फर्किएका उनीहरू फेरि कमाउनका लागि त्यहाँ गएका थिए।
त्यसैगरी उत्तराखण्डको हर्सिल उपत्यकामा आएको भीषण बाढीबाट आफ्नो ज्यान जोगाएका एक नेपाली दम्पत्तीले आफ्ना छ जना छोराछोरी खोजिरहेका छन्।
फरक फरक मजदूर क्याम्पमा रहेका यी दम्पत्ती भने बाँच्न सफल भए। तर आफ्ना छोराछोरी कहाँ छन् भन्ने अत्तोपत्तो छैन।
एक भारतीय सञ्चार माध्यमका पत्रकारहरूसँग उनीहरूले बाढीका बारेमा कुराकानी गरेका छन्। नेपालका बिजय सिंह र उनकी पत्नी कालीदेवी आफ्ना छोराछोरीहरूलाई हर्सिल उपत्यकामा छोडेर अर्कै ठाउँमा काम गर्न गएका थिए।
उनीहरूका अनुसार उनका छोराछोरीले बाढी आएपछि फोन गरेका थिए। तर त्यो दुई शब्द नै अन्तिम भयो।
त्यो क्याम्पमा उनीहरूका छ जना छोराछोरीसहित २६ जना नेपाली मजदूर थिए। जो त्यहाँका सडक तथा पुल निर्माणका लागि काम गर्थे।
उनीहरू आफ्ना छोराछोरी खोज्नका लागि हर्सिलमै जान खोजिरहेका छन्। तर त्यहाँ पुग्ने भगिरथी नदीको पुल पूरै नष्ट भएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया