बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
बिहीबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घटनासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृति बढेको जस्तो भएको छ। विभिन्न देशका घटनासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरु खासगरी सत्ताबाट बाहिरिएसँगै बढी आवेगपूर्ण टिप्पणीहरु र अभिव्यक्ति दिन थाल्नुभएकोप्रति पनि ध्यानाकर्षण भएको छ। यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न। त्यस्तो कुरामा बढवा दिनुहुँदैन। यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ।’
अध्यक्ष प्रचण्डले श्रीलंका र बंगलादेशको घटना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राखेका थिए।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया