बिएल संवाददाता
सानु प्रकाश पुनस्थापना केन्द्रले ३७ औं लागुऔषध दुरुपयोग तथा ओसार–प्रसारविरुद्ध अन्र्तराष्ट्रिय दिवस मनाएको छ।
‘लागु पदार्थविरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ संस्थाले मंगलबार जोरपाटीको पिस ब्याङक्वेटमा दिवस मनाइएको हो।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको उपस्थिती रहेको उक्त कार्यक्रममा विभिन्न संस्थालगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
नगरपालिकालाई लागुऔषध नशामुक्त गराउने उद्देश्यका साथै कार्यक्रमको आयोजना गरिएको सानु प्रकाशका अध्यक्ष दिपेन लामाले बताए।उनका अनुसार जटिल रुपमा फैलिरहेको लागुऔषध दुव्र्यसनलाई समयमै रोक्नुपर्छ।
‘अहिले प्रत्येक घरमा लागुऔषध प्रयोगकर्ताहरू छन्। त्यसैले हामीले यो समस्यालाई बेलैमा रोक्नुपर्छ’, उनले भने, ‘हाम्रो उद्देश्य भनेकै नगरपालिकालाई नशामुक्त बनाउने हो।’
त्यसैगरी नगरपालिकाका प्रमुख दिपक रिसालले पनि लागुऔषधमुक्त देश बनाउनुपर्ने बताएका थिए।
अहिले विश्वव्यापी रुपमा फैलिरहेको लागुऔषध दुरुपयोग तथा ओसारप्रसारलाई रोक्नुपर्ने उनको भनाइ छ। ‘लागुऔषध प्रयोगले एक व्यक्तिलाई मात्र होइन पूरै समाजलाई नै असर गर्छ’, उनले भने, ‘घरका एक जनाले मात्रै पनि यसको प्रयोग गर्दा पूरै परिवारलाई नै नोक्सान गर्छ।’
एउटा बुबाआमाको लागि सन्तानभन्दा ठुलो कुरा केही नभएको बताउँदै नगर प्रमुख रिसालले भने, ‘लागुऔषधले व्यक्तिलाई क्षणिक खुसी बनाउँछ होला तर बाआमालाई मरेतुल्य बनाउँछ।’
नगरपालिकालाई नशामुक्त बनाउनका लागि औषधि फार्मेसीमा निगरानी बढाएको उनले बताए।

भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया