बिएल संवाददाता
जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ।
रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्छ।
जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने भएपनि त्यसअघि र पछि पनि दर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारले जानकारी दिए। उनका अनुसार हरेक वर्ष असारदेखि भदौसम्म यहाँ १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्दछन्।
४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँचपोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमा असोजपछि जाडो बढ्ने भएकाले मानिसहरू पुग्दैनन्। यी दुवै पोखरी गोकुलगंगा गाउँपालिका–१ चचुरेमा पर्छन्।
यहाँ पुग्न गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिवायल र गर्जाङ हुँदै तथा दोलखाको जिरी–माली हुँदै शिवालय निस्किएर जान सकिन्छ। साथै, रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देलबाट पनि यहाँ पुग्न सकिन्छ।
उच्च पहाडी क्षेत्रमा अवस्थित रमणीय प्रकृतिको आनन्द लिँदै यात्रुहरू पहिले जटापोखरी पुग्छन्। त्यहाँबाट करिब ४५ मिनेटको पैदल यात्रापछि पाँचपोखरी पुगिन्छ। बाटोमा उच्च पहाडी हावापानी, वनस्पति, जडीबुटी र झरनाले यात्रुहरूको मन लोभ्याउँछ।
रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, भक्तपुर, काठमाडौं र तराईका विभिन्न जिल्लाबाट मात्र नभई भारतको सिक्किमबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन्। हाल फाट्टफुट्ट तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन्।
सडक मार्ग छाडेर एक दिनको पैदल यात्रापछि जटापोखरी पुगिन्छ, जहाँ बाटोमा पर्ने चौरीगोठहरूमा खानपान र बासको सुविधा उपलब्ध हुन्छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया