बिएल संवाददाता
काठमाडौँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा डाेजर चलेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलाएको हाे।
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन महानगरले सूचना जारी गरेकाे भए पनि खाली नगरेपछि महानगर आफैले डोजर चलाएको छ। डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ।
सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो।
संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए। त्यसक्रममा सामाजिक अभियान्ता भन्ने ब्यक्ति सुमन सायमीलगायतलाई प्रहरीले पक्राउसमेत गरेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया