बिएल संवाददाता
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन्।
आजको विश्वासको मतको मतदानमा काँग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए। उनीहरुले प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए।
आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए। सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो।
एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
५३ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया