बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताएका छन्।
धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारेका छन्।
नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै प्रधानमन्त्रीले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।
पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्रीले जनताको आसा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताएका छन्।
उनले भने, “यो अभियानले एकपटक फेरी पार्टीसँग जनतालाई जोड्न, जनतामा नयाँ, आशा जगाउन र जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको छ।” वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको उनले बताए।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया