बिएल संवाददाता
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ। बागमतीले मधेसलाई २८ रनले हराएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिला फिल्डिङ राजेको थियो।
बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो। एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो।
बागमतीका लागि यशोदा विष्टले अविजित ४७, कप्तान अश्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन बनाइन्। बलिङतर्फ मधेसकी पूजा महतोले दुई तथा कविता गौतमले एक विकेट लिइन्।
यसैगरी मधेस प्रदेशका लागि ८७ रन बनाउने क्रममा पूजा महतोले सर्वाधिक ३५ रन बनाइन्। उनले ४५ बल खेल्दै चार चौका हिर्काइन्।
यसैगरी अनुराधा चौधरीले २८ बलमा तीन चौकासहित २१ रन तथा प्रतिमा शाहले १४ रन बनाइन्। बलिङतर्फ बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनिषा उपाध्यायले एक विकेट लिइन्।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया