बिएल संवाददाता
बिहीबारदेखि काठमाडौँमा आयाेजना हुने प्रधानमन्त्री कप महिला टी– २० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएकाे छ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार समेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएकाे जनाएकाे छ। प्रतियोगिता मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको एपिएफ क्लब गरी आठ टोलीको सहभागिता रहनेछ। पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ। जहाँ सबै टोलीले एक अर्कासँग खेल्नेछन्। शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन्।
पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले याे प्रतियोगिताको निकै महत्त्वपूर्ण रहेकाे बताए। उनले भने, ‘क्यानले महिला क्रिकेटकाे विकासकाे लागि याेजना भइरहेकाे छ, प्रतियोगितामा खेलाडीकाे प्रदर्शनमा सुधार ल्याउने अपेक्षासहित राउन्ड रोविन लिगकाे प्रतियोगिता आयाेजना गरेका हौँ।’
त्यस्तै, बिहीबार हुने पहिलाे खेलमा त्रिवि मैदानमा बागमती र मधेस तथा दोस्रो खेलमा गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ भने मूलपानीमा हुने पहिलो खेलमा एपिएफ र सुदूरपश्चिम तथा दोस्रो खेलमा कर्णाली र कोशीबिच प्रतिस्पर्धा हुनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया