बिएल संवाददाता
जुम्लामा १४औँ जिल्लास्तरीय राष्ट्रपति ‘रनिङ सिल्ड’ प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको समन्वयमा तातोपानी गाउँपालिकाको ६ नम्बर वडाले आयोजना गरेको हो।
प्रतियोगिता तातोपानी गाउँपालिकाको हाँकुचौरमा तीन दिनसम्म संचालन हुनेछ। प्रतियोगितामा जिल्लाका कुल ८ वटा स्थानीय तहमध्ये ६ वटामात्रै पालिकाले सहभागिता जनाएका छन्।
तातोपानी गाउँपालिका, तिला, हिमा, सिँजा, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका प्रतियोगितामा सामेल छन्। गुठिचौर र पातारासी गाउँपालिकाले प्रतियोगितामा सहभागिता नजनाएको तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले जानकारी दिए।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले १४औँ जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन्।
भोलि संचालन हुने पुरुष भलिबलको पहिलो खेल तातोपानी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ।
बालबालिकालाई खेल क्षेत्रमा आकर्षित र उत्प्रेरित गर्न तथा खेलका माध्यमबाट जिल्ला चिनाउन स्थानीय तहले सोच्नु पर्ने जिल्ला खेलकुद विकास समितिकी सदस्य सचिव संगीता आचार्यले बताइन्।
बुधबारबाट सुरु भएको १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा छात्रछात्रा भलिबल, सटफुट, हाइजम्प, लमजम्प, ज्याबलिङ थ्रो, दौडलगायतका विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
सट फुटबाट उद्घाटन गरिएको पहिलो खेलमा तिला गाउँपालिकाले छात्रातर्फ पहिलो मेडल जितेको छ।


‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया