बिएल संवाददाता
अस्ट्रेलियन बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आइपिएल)काे इतिहासकै सबैभन्दा महङ्गा खेलाडी बनेका छन्।
उनलाई आगामी वर्ष हुने आइपिएलकाे लागि आज (मंगलबार) काेलकत्ता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा किनेकाे हाे। याेसँगै उनी आइपिएलकाे इतिहासकै महङ्गा खेलाडी बनेका हुन्।
मिचेल ८ वर्षपछि आइपिएलमा फकिर्एका हुन्। यसअघि उनी सन् २०१४/१५ मा राेयल च्यालेन्जर्स बैंगलाेरबाट खेलेका थिए।
उनले हालसम्म दुई सिजनमात्र आइपिएल खेलेका छन्। जसमा उनले २७ खेलमा ३४ विकेट लिएका थिए भने ब्याटिङतर्फ १२ खेलमा ९६ रनमात्र बनाए थिए।
यसै वर्षमा भारतमा भएकाे एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटमा आफ्नाे देश अस्ट्रेलियाकाे लागि उनले १६ विकेट लिएका थिए। जहाँ अस्ट्रेलियाले उपाधि जितेकाे थियाे।
त्यस्तै अस्ट्रेलियन क्रिकेट टाेलीका कप्तान प्याट कमिन्सलाई पनि सनराइज हैदरबादले २० करोड ५० लाखमा किनेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया