बिएल संवाददाता
राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सम्पन्न खेलमा धनगढी र काठमाडौँबीचको खेल १–१ गोलको बराबरी सकिएको हो।
यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्। खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो। खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए।
त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल ग¥यो। काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो।
यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा यथावत् रहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया