बिएल संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।
सिन्धुपाल्चोक तेक्वान्दो सङ्घले आज आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले खेलकुदमार्फत नेपाललाई विश्वसामु चिनाउने र पर्यटन प्रवद्धन गर्न मद्दत पुर्याउने उल्लेख गरेका छन्।
सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कारबापतको रकम समयमै उपलब्ध गराउने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र यस क्षेत्रको भविश्य उज्वल रहने बताए। राम्रा खेलाडीले विभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै उनीहरूको विकास हुने विश्वास व्यक्त गरे।
पैसाकै अभावका कारण उपचार नपाएर कसैको ज्यान जान गुमाउनुपर्ने अवस्था अब नरहने भन्दै मन्त्री बस्नेतले खेलाडीको स्वास्थ्योपचारमा सरकारले सदैव सहयोग गर्ने बताएका छन्।
कार्यक्रममा सहआयोजक बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा लगायतको उपस्थिति थियो।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया