बिएल संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।
सिन्धुपाल्चोक तेक्वान्दो सङ्घले आज आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले खेलकुदमार्फत नेपाललाई विश्वसामु चिनाउने र पर्यटन प्रवद्धन गर्न मद्दत पुर्याउने उल्लेख गरेका छन्।
सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कारबापतको रकम समयमै उपलब्ध गराउने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र यस क्षेत्रको भविश्य उज्वल रहने बताए। राम्रा खेलाडीले विभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै उनीहरूको विकास हुने विश्वास व्यक्त गरे।
पैसाकै अभावका कारण उपचार नपाएर कसैको ज्यान जान गुमाउनुपर्ने अवस्था अब नरहने भन्दै मन्त्री बस्नेतले खेलाडीको स्वास्थ्योपचारमा सरकारले सदैव सहयोग गर्ने बताएका छन्।
कार्यक्रममा सहआयोजक बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा लगायतको उपस्थिति थियो।
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
जोनाथन डेभिडको ह्याट्रिकमा कतारमाथि क्यानडाको ६–० को ऐतिहासिक जीत, अन्तिम ३२ नजिक
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया