बिहिबार, १९ नोभेम्बर २०२६

एनपिएलमा आज : फाइनल यात्राका लागि भिड्दैछन् सुदूरपश्चिम र चितवन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्। 

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ। 

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो।

चितवन भने  इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो।

आज जित्ने टोली फाइनल पुग्नेछ र उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ। फाइनल खेल मंसिर ५ गते हुनेछ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!