बिएल संवाददाता
कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्।
उनी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले आइतबार विज्ञप्तिमार्फत जनाएको छ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए।
३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी–२० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन्। त्यस्तै तीन सय २१ रन बनाएका छन्। समग्रमा उनले ट्वान्टीमा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन्।
दोस्रो एनपीएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए। उनले मात्र ४१ बलमा कीर्तिमानी सतक प्रहार गरेका थिए। आन्द्रेस गौसपछि एनपीएलमा शतक बनाउने उनी दोस्रो खेलाडी समेत हुन्।
कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरसँगै पाकिस्तान ट्वान्टी टिमका कप्तान साहिवजादा फरहान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरेको छ।
यस्तै, कर्णालीले घरेलु खेलाडीको रुपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया