बिएल संवाददाता
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीले लुम्बिनी सरकारमा मन्त्री छनाैट सही ढंगले नगरेकाे भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई आपत्तिपूर्णपत्र लेखेका छन्। पुनले बुधबार विज्ञप्ति जारी गर्दै लुम्बिनीमा मन्त्री छनाैटकाे प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।
‘संघीयता एवम् समावेशीताको मर्म र पार्टीको विधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७को परिच्छेद ४ दफा १३ को ७ (ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिँदै नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आमसाथीहरूको भावनाविपरीत यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौं,’ पुनले पत्रमा उल्लेख गरेका छन्।
पुनले मन्त्री छनाैटकाे निर्णयलाई पुनर्विचार गर्न नेतृत्वलाई अनुराेध गरेका छन्। ‘अन्यथा वैधानिक प्रकृयाविरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने कुरा जानकारी गराउँदछु,’ सभापति पुनकाे चेतावनी रहेकाे छ।
एमालेकाे नेतृत्वमा बनेकाे लुम्बिनी सरकारमा बुधबार मन्त्रीमण्ड बिस्तार भएकाे छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया