बिएल संवाददाता
सिरहाका सामाजिक अभियन्ता दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
आजपाको काठमाडौँस्थित केन्द्रीय पार्टी कार्यालयमा साेमबार कार्यक्रमका बीच उनीहरु आजपामा प्रवेश गरेका हुन्। दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका हुन्।
दिनेश र हेमालाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्वारा जारी भ्रष्टाचार, अनियमितता एवं दलीय लुटतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेका छन्।
सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो।

यसअघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए।
तत्कालीन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यसमेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको संख्या बढदै गइरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया