बिएल संवाददाता
सिरहाका सामाजिक अभियन्ता दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
आजपाको काठमाडौँस्थित केन्द्रीय पार्टी कार्यालयमा साेमबार कार्यक्रमका बीच उनीहरु आजपामा प्रवेश गरेका हुन्। दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका हुन्।
दिनेश र हेमालाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्वारा जारी भ्रष्टाचार, अनियमितता एवं दलीय लुटतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेका छन्।
सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो।

यसअघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए।
तत्कालीन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यसमेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको संख्या बढदै गइरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया