बिएल संवाददाता
निर्वाचन आयाेगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनकाे लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेकाे छ।
आयाेगकाे आज (आइतबार) बसेकाे बैठकले संविधानकाे धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ काे दफा ४८ बमाेजिम राजनीतिक दलकाे रुपमा निर्वाचनकाे लागि मान्यता प्राप्त १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेकाे हाे।
आयाेगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ प्राप्त गरेकाे मतकाे आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेकाे छ।
जसअनुसार क्रमश: नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपम), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमाेर्चा, नेपाल समाजवादी पार्टी रहेका छन्।
प्रतिनिधिसभाकाे चाैथाे ठुलाे पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने निर्वाचनकाे लागि दल दर्ता गरेकाे छैन। राष्ट्रियसभाका २० सदस्यकाे लागि माघ ११ गते निर्वाचन हुँदैछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया