बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ। बैठक यही पुस ३ गतेसम्म जारी रहने छ।
काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेका छन्।
त्यसपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ। यसैगरी तीन दिने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया