बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति सङ्केत गर्दै कडा कटाक्ष गरेका छन्।
माओवादी रुपान्तरण अभियान चलिरहेकै बखत उनले यो अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन भएको टिप्पनी गरेका छन्। सामाजिक सञ्जालमा न्यौपानेले लेखेको छन्, ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन।’
उनको टिप्पणी केही समय अगाडी सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको घटना र शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भएको प्रचण्डकी नातिनीको विवाहहलाई लिएर गरिएको प्रस्ट बुझिन्छ।
लामाको नियुक्तिको माओवादी केन्द्रभित्रै चर्को विवाद भएको थियो। यस्तै जनवादी नेता मानिने प्रचण्डकी नातिनीको विवाह तामझामसहित रिसोर्टमा भएपछि यसको पनि अहिले आलोचना भइरहेको छ।
आमरुपमा भइरहेको यो आलोचनालाई बल पुग्ने माओवादीकै नेताहरुले पनि आलोचना गर्न थालेका छन्। लेखनाथले पार्टी रुपान्तरण अभियानकाे कुनै औचित्यमाथि प्रश्न खडा गरिदिएका छन्।
अहिले माओवादी नेताहरु पार्टी रुपान्तरण भन्दै जन भेटघाटमा छन्। तीन महिना बढी चलेकाे रुपान्तरण अभियान आउने पुस १६ गते समापन हुँदैछ।
तर नेता लेखनाथले रिसाेर्टमा नै रुपान्तरण अभियान समापन भएकाे कटाक्ष गरिदिएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया