बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन्।
एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए।
यही मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत टोली भोजपुर पुगेको थियो।
अध्यक्ष ओली सहितको टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा स्वागत गरिएको थियो। विभिन्न कार्यक्रममा सहभागी हुँदै सङ्कल्प यात्राको टोली यही मङ्सिर २८ गते धनकुटा प्रस्थान गर्ने छ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष महासचिव शङ्कर पोखरेल, उपमहासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायतका नेता, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि सङ्कल्प यात्रामा सहभागी छन्।
सङ्कल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ।
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया