बिएल संवाददाता
सरकारमा सहभागी हुनबाट छुटेका तीन दलका अध्यक्षहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पुगेका छन्।
सरकार उलटपलट भएको अवस्थामा देउवाले छलफलका लागि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएपछि उनीहरु बूढानिलकण्ठ पुगेका हुन्।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापालगायतका नेताहरु सहभागी भएका छन्।
कांग्रेसँगको गठबन्धन तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–रास्वपासँग गठबन्धन गरेपछि देउवाले अन्य दलका नेताहरुसँग छलफल गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन सकिन्छ भनेर दौडधुपमा छन्।
यसअघि बुधबार बिहान मात्रे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग देउवाले छलफल गरेका थिए।
यद्यपि यो समाचार तयार पार्दै गर्दा नेपाल भने प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रचण्डसँग सरकारमा सहभागी हुने विषयमा छलफलमा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया