
बिएल संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भत्काउन काँग्रेस सक्रिय भएको छ।
वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको काँग्रेसले नेकपा एकीकृत समाजवादी (एस) नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबीच भेटवार्ता भएपछि काँग्रेसले सो दाबी गरेको हो।
सो भेटवार्तामा सहभागी काँग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन।
‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, काँग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस् छलफल सकारात्मक छ,’ लेखकले भने।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया