बिएल संवाददाता
सरकारमा जाने निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवाद थप चर्किंदै गएको छ।
सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने निर्णय गराएपछि असन्तुष्टिहरू सार्वजनिक भइरहेका छन्।
मन्त्री बन्ने लोभमा नेतृत्वले हतार गरेको केही सांसद तथा नेताले आरोप लगाएका छन्। सभापति लामिछाने यसअघिको आफ्नै प्रतिबद्धतामा चुकेको सांसद सोविता गौतमले बताइन्। जनताका दैनिकीसँगका प्रत्यक्ष मुद्दाहरुसँग पार्टी भर्खर जोडिरहेको बेला सभापतिले सत्ताको लोेभमा हतार निर्णय गराएको उनको भनाइ छ।
‘जनताको कुराहरू छायाँमा पारेर कुर्सी र सत्ताको लागि तँछाडमछाड गर्ने प्रवृतिले हामीलाई कही पुर्याउँदैन’, उनले भनेकी छन्, ‘यो गठबन्धन भन्ने नै जनताको लागि सबैभन्दा ठूलो धोका हो।’
रास्वपा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा सभापति लामिछानेले पार्टीभित्र कुनै विस्तृत सल्लाह नगरेको उनको भनाइ छ। मिडियामा आगामी मन्त्रीको सूचीमा आफनो पनि नाम आएकोतर्फ उनले अनभिज्ञता जनाइन्।
पार्टी सभापति लामिछानेको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा असहमति जनाउँदै केन्द्रीय सदस्य गणेश कार्कीले यसअघि नै असहमति पत्र पार्टी मुख्यालयमा दर्ता गराइसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया