बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) रोल्पाका प्रभावशाली नेता दीपेन्द्रकुमार पुन ‘सिजल’ले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई उपनिर्वाचनबाट संघीय सांसद बनाउनुपर्ने बताएका छन्।
नेपाली काँग्रेस र माओवादीको सत्ता गठबन्धन टुटाएर ‘एमाले, माओवादी र रास्वपा’को नयाँ गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका महासचिव पोखरेललाई सदनमा ल्याउनुपर्ने उनको भनाइ छ।
नवगठबन्धनलाई थप उत्कर्षमा पुर्याउनका लागि महासचिव पोखरेलललाई इलाम– २ बाट जिताएर प्रतिनिधिसभामा ल्याउन सकिने उनले बताएका छन्।
‘नेकपा एमालेका महासचिव शंकर पोखरेललाई यही निर्वाचनबाटै संघीय सांसदको रुपमा पनि अगाडि ल्याउनुपर्दछ,’ नेता सिजलले भने।
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया