बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दलसहित पुरानै गठबन्धनमा फर्किएपछि चार दलको सहमतिमा चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
सोमबार दिउँसो एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई सिंहदरबार भित्र्याएका प्रधानमन्त्री प्रचण्डले अर्को सोमबारअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
मन्त्रालयको भागबन्डाका नयाँ सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बालुवाटारमा बस्न लागेको माओवादी उपमहासचिव वर्षमान पुनले जनाएका छन्।
मुलतः गृह, अर्थ र परराष्ट्र मन्त्रालयकै वरिपरि अल्झिएका छन्– चार दलका शीर्ष नेताहरू। अर्थ मन्त्रालयमा माओवादी, गृह मन्त्रालयमा रास्वपा र परराष्ट्र मन्त्रालयमा जसपाले आ–आफ्नो दाबी पेश गरेका छन्।
भागबन्डाअघि ज–जसले जुन–जुन मन्त्रालय दाबी गरे पनि नयाँ गठबन्धनमा सामेल भएका घटकहरूलाई मर्का नपर्नेगरी भागबन्डा गरिने नेताहरूले जनाएका छन्।
आज दिउँसो बस्ने बैठमा एमाले महासचिव शंकर पोखरेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा उपसभापति स्वर्णिम वाग्ले र जसपा नेता राजेन्द्र श्रेष्ठबीच मन्त्रालयको बाँडफाँट हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया