
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी नहल्लिएको बताएका छन्। नवगठबन्धनमा सामेल भएपछि उनले जोखिम मोलेर नयाँ गठबन्धन बनाएको समते दाबी गरेका छन्।
सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपा आफैले सरकार छोड्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए।
‘अहिले प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन। तर उहाँले जोखिम मोलेर जनताको अपेक्षाअनुसारको डेलिभेरी र सुशासनका लागि पहल गर्नुभयो, र आह्वान गर्नुभयो,’ उनले भने, ‘त्यहीकारण हामीले पनि उहाँलाई साथ दिएर अघि बढ्न तयार भएका छौँ। सरकारमा हाम्रो सहभागिता सशर्त हो। जनतालाई सुशासन र डेलिभेरी दिनका लागि हो। जनतालाई डेलिभेरी दिन सकेको दिनसम्म सरकारमा रहन्छौँ, र नसकेको दिन हामी बाहिर हुन्छौँ।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया