बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताएका छन्।
हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उनले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताए।
संविधान कार्यान्वयनमा सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीले आफूहरू पनि त्यस दिशामा क्रियाशील उल्लेख गरे। सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तहगत अधिकारको बाँडफाँटमा जोड दिनुपर्ने उनले बताएका छन्।
सबैको सुझावका आधारमा अधिकारको बाँडफाँट हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
गोष्ठीमा गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना,कार्यकारी निर्देशक कलानिधि देवकोटाले सङ्घीय शासन व्यवस्थाका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए।
शुक्रबार सम्पन्न हुने गोष्ठीमा नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरू सहभागी छन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया