बिएल संवाददाता
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले बिहीबार सातै प्रदेशमा १६ गतेदेखि लागू हुने ७ निर्वाचन अधिकृतको नियुक्ति गरेकाे हाे।
कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत बनेका छन् भने मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी नियुक्ति भएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसैगरी बागमती प्रदेशमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाले निर्वाचन अधिकृतकाे जिम्मेवारी पाएका छन्।
प्रवक्ता पौडेलका अनुसार लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका छन्।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया