बिएल संवाददाता
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले बिहीबार सातै प्रदेशमा १६ गतेदेखि लागू हुने ७ निर्वाचन अधिकृतको नियुक्ति गरेकाे हाे।
कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत बनेका छन् भने मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी नियुक्ति भएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसैगरी बागमती प्रदेशमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाले निर्वाचन अधिकृतकाे जिम्मेवारी पाएका छन्।
प्रवक्ता पौडेलका अनुसार लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया