बिएल संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले प्रतिगामी शक्तिहरूले टाउकाे उठाइरहेकाे बताएका छन्।
ललितपुरमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका गर्दै उनले संविधानमाथि फेरि आक्रमण भइरहेकाे सन्दर्भमा गम्भीर बन्नुपर्ने परिस्थितिमा पुगेकाे बताए।
‘याे संविधानमाथि फेरि आक्रमण भइरहेकाे सन्दर्भमा गम्भीर बन्नुपर्ने परिस्थितिमा पुगेका छाैँ। अहिले प्रतिगामीहरूले टाउको उठाइरहेका छन्। विभिन्नका देशविदेशका शक्तिहरूले याे देशमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन्’, उनले भने।
आज बसेकाे समाजवादी मोर्चाको बैठकमा नेपालको राजनीति अवस्थाकाे बारेमा गम्भीर छलफल चलेकाे बताए।
उनले भने, ‘आज बिहान समाजवादी मोर्चाको बैठक बसेकाे थियाे। त्यहाँ गम्भीर छलफल चलिरहेकाे छ। छलफलमा अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ। अहिले हाम्रो देशको स्वाधिनता, स्वतन्त्रतामाथि आक्रमण भइरहेको छ कि छैन। यी सबै कुरामा हामीहरू व्यापक छलफल गरौँ। कसरी हुन सक्छ नेपालकाे कम्युनिस्ट आन्दाेलनलाई जाेगाउने, बचाउने, लाेकप्रिय बनाउने काम गर्न सकिन्छ, त्यसमा हामी गम्भीर भएर साेचाेँ। यस कुरामा माओवादी, जनता समाजवादी, एकीकृत समाजवादी, विप्लव पनि सहमत छन्।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया