बिएल संवाददाता
आफ्ना पार्टी सभापतिमाथि मकैकाे खाेया प्रहार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.ताेसिमा कार्कीले सामाजिक सञ्जालमार्फत् सान्तवना दिएकी छन्।
पीडामा उकुसमुकुस भइरहेकाे बच्चा माया गर्ने मान्छे नजिक आएपछि साहरा भेटेकाे महसुस गरेर झन बढी राेएकाेजस्ताे ती व्यक्तिले पनि निराशै निराशले उकुसमुकुस भएकाे बेला आफूलाई माया गर्ने नेता नजिक आएकाे देखेर खाेया प्रहार गरेकाे हुन सक्ने बुझाइ उनले व्यक्त गरेकी छन्।
‘निराशै निराशाले उकुसमुकुस भएको नागरिक निराशाबीच छटपटाइरहेको बेला, उसलाई सबैभन्दा माया गर्ने नेताले नजिकै आई म छु नि भन्दा उसले विभिन्न माध्यमबाट फ्रस्टेशन पोख्यो होला’, उनले लेखेकी छन्, ‘उसलाई लाग्यो होला उसलाई माया गर्ने, उसको कुरा सुन्ने, उसको आशा बन्न सक्ने अब यही हो।’
उनले खाेयालाई फ्रस्टेशनकाे रुपमा विम्बित गरेकी छन्।
सभापति लामिछानेमाथि गत शनिबार लमजुङका सन्ताेष रानाभाटले मकैकाे खाेया प्रहार गरेका थिए। रविमाथि खाेया प्रहार भएकाे विषय अहिले चर्चामा छ।

विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया