बिएल संवाददाता
                                नेकपा एमालेले मंसिर १४ को एकाबिहानै बैतडीको झुलाघाटबाट एउटा यात्रा गर्यो – ‘समृद्धिका लागि सङ्कल्प यात्रा’। एमालेको संकल्प यात्रा १८औँ दिनमा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकियो।
हिमालको काख र तराइको सिरान (मध्यपहाड) हुँदै १ हजार ८ सय ७९ किलोमिटर दुरी पार गर्दा एमालेले धेरै संकल्पहरु गर्यो । ֯सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारा दिएर यात्रा गरेको एमालेले ४२ वटा जनसभा, १०० भन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाटहरू गर्यो ।
जनसभा, जनभेला र यात्रा सोचेको भन्दा अभूतपूर्ण भएको एमालेको दाबी छ। अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा भएको संकल्प यात्रा उदेस्यअनुरुप सफल भएको एमालेले बताएको छ।
यात्रा सफल भएपनि मध्यपहाड भने एमालेले सफल भएको देखेन।
देख्यो त– गाउँ रित्तो भएको। कामका लागि युवाहरूको अभाव भएको। खेतीयोग्य जमिन बाँझो रहेको। बृद्धबृद्धाहरूको हेरचाह गर्ने, मलामी जाने युवाहरूको अभाव भएको एमालेले देखेर राजधानी फर्किएको छ।
֯विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। खेतीयोग्य जमिन बाँझो बन्दैछन्। गाउँमा श्रमका लागि युवाहरूको अभाव छ,’ एमालेले संकल्प यात्रापछि भनेको छ।
दुई हप्ता मध्यपहाडको यात्रा अनवरत गरेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले मध्यपमहाड डरलाग्दो बनिरहेको देखेका छन्। उनले बसाइँसराई नरोकिए देश दुर्घटनामासमेत जानसक्ने बताए।
‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको। एउटा आर्थिक केन्द्र, ठूलो जनसंख्या रहेको मध्यपहाडी भेग। यदि त्यहाँ निराशा छायो। त्यहाँ बसाइँसराई यस्तै रह्यो भने। त्यहाँका जमिनहरु बञ्जर हुँदै जाने र त्यहाँका कारोबारहरु ठप्प हुँदै जाने हो भने देश नै अप्ठ्यरो पर्ने स्थिति देखिन्छ,’ ओलीले भने।
बसाइँसराईका अनेक समस्या रहेको भन्दै यसको समाधानका लागि तत्काल पहल अनिवार्य भएको रहेको एमालेको निष्कर्ष छ। पछिल्लो समय 'नेपालमा अवसर नै छैन', 'नेपाल बन्दै बन्दैन', 'विदेशमा अवसर नै अवसर छ' र 'जसरी पनि त्यहाँ पुग्न पाइयो भने जिन्दगी सप्रिहाल्छ' भन्नु भ्रामक प्रचार, प्रायोजित भाष्य रहेको एमालेको दाबी छ।
मध्यपहाडमा अझै भूमिहीनहरूको सङ्ख्या धेरै रहेको, पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत बन्यजन्तुले बालीनालीमा नोक्सानी गरिरहेको र जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूको स्पष्ट छाया मध्यपहाडी क्षेत्रमा अनुभूत गर्न सकिने एमालेले बताएको छ।
लोकतन्त्रप्रति असाधारण विश्वास छ
एमालेले संकल्प यात्रा गर्दै गर्दा काठमाडौँमा लोकतन्त्रविरुद्ध आवाजहरु उठिरहेको थियो। सडक तातिरहेको थियो।
राप्रपाले पुस ३ गते निर्णय गर्दै लोकतन्त्र, संघीयताविरुद्ध पुस, मागमा देशभर सडक आन्दोलन गर्ने घोषणा गरेको छ।
मध्यपहाड यात्रा गरेका ओलीले लोकतन्त्रप्रति जनताको असाधारण विश्वास रहेको बताए। ‘लोकतन्त्र जनताले बलिदानी दिएर ल्याएको प्रणाली हो। लोकतन्त्रप्रति जनता आश्वस्त छन्। लोकतन्त्रप्रति असाधारण विश्वास छ र लोकतन्त्रको रक्षाका लागि जनता जेसुकै गर्न तयार छन्,’ उनले भने।
केही पात्रहरूले पुराना पार्टीहरू असफल भएको गलत भाष्य निर्माण गरेको भन्दै त्यो सही नरहेको ओलीको भनाइ छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया