बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ दिने यात्राका क्रममा आफूले सामाजिक सञ्जालमा १०६ वटा स्टाटस लेखेको बताएका छन्।
नेकपा एमालेले केही दिनअघि मध्यपहाडमा १८ दिनको यात्रा गरेको थियो। मंसिर १४ गते पश्चिम बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८औँ दिनमा पुस ३ गते पूर्व पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिएको थियो।
त्यस यात्राका बारेमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले मध्यपहाडमा पनि सञ्चारको सुविधा पुगेको भन्दै त्यसलाई आफूले राम्रो सदुपयोग गरेको पनि बताए।
‘धेरै ठाउँमा वाइफाई पनि छ। केही ठाउँमा डाटाहरू चलायौँ। हामी खबरदेखि टाढा भएनौँ’, उनले भने, ‘सुत्ने समयलाई अलि कम गर्नुपर्ने रहेछ। १०६ वटा स्टाटस त मैले आफैँले लेखेको रहेछु। साथीहरूले पनि पनि लेख्नुभयो। यो यात्राभरि हामी खबररहित भएनौँ।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया