बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका बेथितिविरुद्ध बोल्दा सरकारले उल्टै एमालेमाथि आरोप लगाउने गरेको बताएका छन्।
आइतबार पार्टी कार्यालयमा पत्रकारहरूसँग बोल्दै उनले एनसेल प्रकरणप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
‘सरकारको बेथितिविरुद्ध बोल्यो उल्टै एमालेलाई नै आरोप लगाउँछन्। बेथिति भएको छ भन्यो त्यो बेथिति गर्ने व्यापारी त केपी ओलीले चिनेको छ भन्छन्। बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो?’, ओलीले भने, ‘असान्दर्भिक कुरा गरेर ध्यान मोड्न खोजिएको छ।’
उनले राज्यको खर्बौंको सम्पत्ति अर्बमा किनबेच हुन थालेको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए।
‘सञ्चारमाध्यमले कहिले बेचेको हो भन्छ, कहिले छैन भन्छ’, उनले भने, ‘यस्तो खालको कुरा हुनुभएन।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया