बिएल संवाददाता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताएका छन्।
बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सिंहले पार्टीभित्र अहिले देखिएको विवादलाई विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताए।
सिंहले कांग्रेस पार्टीभित्रै विधिको शासन कायम हुनुपर्ने बताए। पार्टीको विधान र नियम मिचेर गरिने गतिविधिको विरोध गर्नुपर्ने उनको भनाइ थियो।
‘पार्टीभित्रै विधिको शासन त हुनुपर्यो नि त। अहिले जुन नेपाली कांग्रेसमा पार्टीभित्र जुन अप्रजातान्त्रिक तवरले, अलोकतान्त्रिक तवरले पार्टीको विधान, नियम मिचेर, जबर्जस्त गरेर देशी–विदेशी तत्त्वहरूको सहयोगमा कांग्रेस पार्टीलाई कमजोर पार्नको लागि किन कमजोर गर्नु पर्यो त भन्दाखेरि नेपाली कांग्रेस पार्टीले सबभन्दा बढी जोड के मा दिन्छ भन्दाखेरि नेपालको जुन हाम्रो चाहिँ देश छ, राष्ट्र छ, राष्ट्रियतामा हाम्रो चाहिँ बढी जोड छ,’ उनले भने।
विशेष महाधिवेशनको विषयमा बोल्दै सिंहले पार्टीको विधानअनुसार प्रक्रिया पूरा नभएको दाबी गरे।
उनले भने,‘अहिलेको विशेष महाधिवेशनमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको छ? भएको छैन। के यो चाहिँ विधि, नियम अनुसार त्यो चाहिँ रुजु भएको छ? त्यो पनि भएको छैन। भनेपछि त यो पार्टीको परम्परा र जुन हाम्रो अभ्यास हो, त्यो अभ्यासको ठीक विपरीत यो कांग्रेसको मागमा पनि भएको होइन। यो त कसको माग भन्दाखेरि कोही व्यक्ति विशेषको महत्त्वाकांक्षा र कुनै शक्तिहरूको राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर गर्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नको लागि यो विशेष महाधिवेशन गरेको छ।’
उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित रूपमा १५औँ महाधिवेशन गर्नुपर्ने बताए।
‘अहिले हामीले यो १४औं महाधिवेशनबाट इलेक्टेड केन्द्रीय कार्यसमिति शेरबहादुर देउवाजीको सभापति र केन्द्रीय कार्यसमितिले नै नियमित तवरले १५औं महाधिवेशन गर्ने, यो कांग्रेसको अभ्यास पनि हो, कांग्रेसको विधानले पनि त्यही भन्छ र परम्परा पनि त्यही हो,’ उनले भने।
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया