बिएल संवाददाता
अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ।
पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनको काम ८० प्रतिशत सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिए।
उनले भने, ‘हालसम्म वडाहरूको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ। दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ।’
कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन सम्पन्न गर्नलाग्दा इतर समूहले अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। बिहीबार नै काठमाडौं महानगरको नगर अधिवेशन हुँदैछ।
देउवा समूहले पनि १५औं महाधिवेशन आगामी २१–२३ मंसिरका लागि तोकेको छ। सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर हो।
‘७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतले काम गरिरहेका छन्। तोकिएको मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ ढंगले अगाडि बढाउँछौं,’ अर्का नेता गुरुराज बरालले भने।
नेता बरालले संस्थापन समूहको महाधिवशेनलाई ‘क्लब’ संज्ञा दिंदै भविष्यमा खुम्चिएर सानो आकार लिने दाबी समेत गरे। ‘भग्रेल्ती पद थप्ने र विशेष महाधिवेशनका अगुवाहरूले आफू पराजित हुने डरले आफ्नो पद आफैं सिर्जना गरेर सुरक्षित रहने काम गरेका छन्। यस्तो काम लोकतान्त्रिक चरित्रको मान्न सकिदैन,’ उनले भने।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशनमा होमिएका दुवै समूहले आफ्नो हठ कायम राखेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया