बिएल संवाददाता
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बेलीब्रिज बन्यो कि बनेन भनेर विवाद गरिरहनुभन्दा सुरुङमा फसेकाको उद्धारमा ध्यान दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै शाहीले अहिलेको मुख्य समस्या बेलीब्रिज नभइ सुरुङभित्र फसेकाहरूको जीवितै उद्धार गर्नु रहेको बताएका हुन्।
उनले बेलीब्रिज बनाउनु नयाँ र नौलो कुरा नभएको बताए।
यस्तो छ शाहीको टिप्पणीः
अहिले धेरै मानिसहरू, स्वयं सांसदहरू, गृहमन्त्री, सत्तापक्ष र प्रतिपक्षका सांसदहरू समेत मिडिया, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरू नुवाकोटको वेत्रावतीमा बेलीब्रिज पुल बन्यो कि बनेन भनेर विवाद गरिरहेका छन्।
तर अहिलेको मुख्य समस्या बेलीब्रिज पुल होइन। मुख्य समस्या भनेको सुरुङ मार्गभित्र अझै धेरै नागरिक अलपत्र छन्, र उनीहरूको जीवितै उद्धार गर्नु हो। सरकारले राम्रो काम गरिरहेको छ भने सबैले साथ दिऔँ, धन्यवाद दिऔँ। राम्रो कामको खुलेर प्रशंसा गरौँ, सरकारलाई साथ दिऔँ र राम्रो काम गर्न प्रोत्साहित गरौँ।
तर सरकारले काम गर्न सकेन, नागरिकको जीवनसँग जोडिएका विषयमा कमजोरी गर्यो भने कसैको डर नमानी, आवश्यक परे एक्लै भए पनि सरकारको खबरदारी गरौँ। सरकारलाई सही काम गर्न बाध्य पारौँ।
किनकि जनप्रतिनिधिको काम सरकारको गुलामी गर्नु होइन।राम्रो काममा साथ दिनु, गलत काममा प्रश्न गर्नु र आवश्यक पर्दा सरकारलाई खबरदारी गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो।
बेलीब्रिज बनाउनु कुनै नयाँ र नौलो कुरा होइन। नेपाली सेनाले यसअघि पनि जुम्ला–कालीकोट सडक तिला कर्णाली नदीमाथि सेरीघाटमा छोटो समयमै बेलिब्रिज निर्माण गरिसकेको छ। उक्त पुलको निर्माण झन्डै एक हप्ताभित्रै सम्पन्न भएको थियो। त्यसै विषयमा विवाद र तर्क-वितर्क गर्दै बस्नुभन्दा पनि अहिलेको मुख्य ध्यान सुरुङमार्गभित्र फसेका नागरिकलाई कसरी सकुशल उद्धार गर्ने भन्नेमा केन्द्रित गरौँ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया