महेश चौलागाईं
कर्णालीको विकासका सवालमा राजनीतिक दलहरूबीचको दूरी घट्दै गएको संकेत देखिएको छ।
वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौँ संस्करणमा सहभागी सांसदहरूले अब कर्णालीका मुद्दामा एउटै आवाज बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
‘सुइना सत्र’मा बोल्दै प्रतिनिधिसभा सदस्यहरूले कर्णाली अझै विकासको मूलधारबाट बाहिर रहेको स्वीकार गरे। तर, अब विगतको गुनासोभन्दा अघि बढेर समाधानतर्फ केन्द्रीत हुनुपर्ने उनीहरूको धारणा थियो। उनीहरूले कर्णालीका समस्या संघीय संसदसम्म पुर्याएर कार्यान्वयन गराउने प्रतिवद्धता जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेशकुमार सापकोटाले कर्णालीभित्रै असमान विकास रहेको उल्लेख गर्दै पश्चिम क्षेत्र अझै पछाडि परेको बताए। उनले समग्र कर्णालीलाई सन्तुलित रूपमा विकास गर्न आफ्नो ध्यान केन्द्रीत रहने स्पष्ट पारे।
नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले कर्णालीको विडम्बना चित्रण गर्दै सम्भावनाबीच अभाव झेलिरहेको अवस्था औंल्याए। जलविद्युत् र जडीबुटीजस्ता स्रोतलाई सही ढंगले उपयोग गर्न सके कर्णाली आर्थिक रूपमा बलियो बन्न सक्ने उनको विश्वास छ।
एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको ऐतिहासिक महत्व स्मरण गराउँदै यस क्षेत्रले देशलाई भाषा र सभ्यता दिएको बताए। अब त्यही गौरवलाई आधुनिक विकाससँग जोड्ने समय आएको भन्दै उनले प्राकृतिक स्रोतको उपयोगमा जोड दिए।
सांसदहरूले भेरी र कर्णाली करिडोरजस्ता ठूला योजनालाई प्राथमिकतामा राख्दै ती परियोजना छिटो सम्पन्न गराउन संयुक्त रूपमा पहल गर्ने बताएका छन्। समग्रमा, कर्णालीको भविष्यका लागि अब प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक रहेको सन्देश उनीहरूले दिएका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया